बलिउड नायक रणवीर कपुरको धेरै नायिका सँग अफेयर चल्यो । उनको जती सँग नाम जोडियो प्राय सबै सँग बिहे सम्मको कुरा पनि चल्यो । तर उनि मन्डप सम्म कहिल्यै पुग्न सकेनन् । पछील्लो समय रणबिर आलिया भट्ट सँगको प्रेम सम्बन्धको कारण चर्चामा छन् । उनीहरुको प्रेमको विषयमा धेरै गसिप पनि बनिरहेको हुन्छ ।

अब भने यो जोडीले विवाहनै गर्ने तयारीमा रहेको बुझिएको छ । यस्तैमा, रणवीरका पिता ऋषि कपुरले पनि उनीहरुको बिबाह गरिदिन लागेको बताएका छन् । एक अन्तरवार्ताको क्रममा ऋषिले आफु न्युयोर्कबाट फर्किएपछि बिबाहको तयारी गर्ने बताएका छन् ।

खबर त यो पनि छ कि रणवीर र आलियाको परिवार छिट्टै बिबाहको मिति तय गर्नका लागि पण्डितकोमा जाने तयारीमा समेत छन् । अहिले रणवीर र आलिया फिल्म ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छन् । यो फिल्म लगतै उनिहरुको बिहे हुने बुझिएको छ ।

For More videos Log on to Mazzako TV