‘चुजी’ भए रे दिलिप रायमाझी, के कुरा सुन्नु पर्यो हौं काजी
चलचित्रको कामबाट पहिलेको तुलनामा निकै फुर्सदिला बनेका नायक दिलिप रायमाझी यतिबेला स्टेज शोहरुमा डान्स गर्न विभिन्न कार्यक्रमहरुमा देखा परिरहेका हुन्छन् । यही बैशाख २६ गतेबाट हुने महजात्रामा विशेष डान्स गर्ने तयारी गरिहेको नायक रायमाझीले आजकाल आफु ‘चुजी’ भएर पनि चलचित्रमा त्यती देखा नपरेको बताउछन् ।
उनी चुजी भएर हो वा चलचित्रबाटै अफर नआएर फिल्ममा उनको ग्याप भएको त्यो भने उनै जानून । तर, उनी साथीहरुसँग मिलेर नयाँ चलचित्र बनाउन लागेको जनाकारी दिन्छन् । विदेशमा रहेका केही साथीहरुसँग मिलेर उनले पर्यटन प्रर्वद्वनमा सहयोग पुग्ने सक्ने चलचित्र बनाउने तयारी गरिरहेका छन् । विदेशमा बस्दै आएका निरञ्जन राजभण्डारीसँग मिलेर दिलिपले चलचित्र बनाउन लगेका हुन् । चलचित्रमा कति लगानी रहनेछ भन्ने बिषयमा केही बताउन नचाहे पनि दिलिपले एक बर्षभित्रमा चलचित्र तयार भईसक्ने संकेत गरेका छन् ।
दिलिपले भर्खरै चलचित्र ‘रानीमहल’को सुटिङ्ग सकेका छन् । चलचित्रमा मुख्य भुमिकामा देखा परेका दिलिपलाई र नवनायिका सोनु घिमिरे र मनोज श्रेष्ठले साथ दिएका छन् । पाल्पा लुङ्गमा रहेको दलित बस्तीमा चलचित्र ‘रानीमहल’को सुटिङ्ग चलिरहेको छ । दिलिप भने आफ्नो सुटिङ्ग सकेर काठमाण्डौं फर्किईसकेका छन् । छुवाछुतको कथा बोकेको सन्देशमुलक चलचित्र ‘रानीमहल’मा अभिनय गर्न पाएकोमा नायक दिलिप निकै खुशी देखिएका छन् ।
For More videos Log on to Mazzako TV