बलिउड नायिका श्रद्धा कपुरको आज जन्मदिन परेको छ । उनको जन्मदिनको अवसर पारेर चलचित्र ‘साहो’ले एक भिडियो क्लिप सार्वजनिक गरेको छ । ‘सेड्स अफ साहो’ नाम राखिएको भिडियोमा चलचित्र भित्रको केहि मेकिङका क्लिपहरु देखाइएको छ । बाहुबली फिल्म बाट चर्चित प्रभास फिचरिङ भिडियोमा चलचित्रमा समावेश गरिएको विभिन्न ‘स्टन्ड’हरु पनि देखाइएको छ ।

भिडियोको अन्तिमतिर देखिएकी श्रद्धालाई ‘साहो’ टिमले जन्मदिनको शुभकामना दिएको छ । टिमले प्रभासको जन्मदिनको अवसरमा पनि ‘सेड्स अफ साहो पार्ट १’ भिडियो सार्वजनिक गरेको थियो ।

प्रभासको मुख्य भूमिका रहेकाले पनि यो चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा राखिएको छ । अगस्ट १५ लाई रिलिज मिति तोकेको यस फिल्म लाई सुजीथ रेड्डीले निर्देशन गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV