सुरज सुब्बाले ‘मलेसिया’लाई कस्तो बनाऊलान् ?
चलचित्र निर्देशक सुरज सुब्बा नाल्बोले दर्शकलाई भगवानको सज्ञा दिएका छन् । ‘बाटो मुनिको फूल’, ‘सायद’ जस्ता सफल चलचित्रको निर्देशन गरेर दर्शकमाझ छुट्टै पहिचान बनाएका नाल्बो चलचित्रले मनोरञ्जन मात्रै नभएर सुन्दर विचारलाई पनि प्रस्तुत गर्नुपर्ने मान्यता राख्दछन् । यही शुत्रलाई सदैव मनन् गर्ने उनी, यतिबेला ‘मलेसिया’ नामको चलचित्र बनाउने गृहकार्य गरिरहेका छन ।
चलचित्र बनाउदा कथा बस्तुको नजिक रहेर काम गर्ने शैलीले नै उनलाइ सफलताको बाटो तर्फ डोर्याएको धेरैको ठम्याई छ । ‘फेसबुक’, ‘बितेका पल’ लगायतका उनका चलचित्रले भने अपेक्षा गरिएअनुसारको सफल्ता हासिल गर्न सकेनन् । तर अबको चलचित्र ‘मलेसिया’बाट भने उनले निकै ठुलो अपेक्षा राखेको बुझ्न सकिन्छ । उनी यतिबेला चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन् । चलचित्र ‘मलेसिया’मा बसन्त सापकोटाको संगीत सुन्न पाईनेछ । चलचित्रको गीत रेर्कडिङ्गको काम भने सकिएको छ ।
बिदेशी भुमिमा श्रम गर्दा के कस्ता बाधा अड्चन,सुख दुख आउछन भन्ने कुरालाई चलचित्र ‘मलेसिया’मा उनले देखाउने बुझिएको छ । उनले आफ्नो फेसबुकको वालमा स्टाटस लेख्दै चलचित्र मलेसियाका लागि बिदेशी भुमिको केही अनुभव र भोगाईको बिषयमा केही घटना वा सुझाव छ भने आफुलाई ईमेल गर्न अनुरोध पनि गरेका छन् । उनले त्यस्तो केहि घटनाहरु भए [email protected] मा मेल गरिदिन अनुरोध गरेका छन् ।
नाल्बोका ‘माई प्रोमिस’, ‘वान वे’ लगायतका चलचित्र प्रर्दशनको पर्खाईमा छन् । निर्देशक सुरज सुब्बा नाल्बोले ‘मलेसिया’लाई कस्तो बनाउलान? त्यो भने समयले नै बताउला । मज्जाको अनलाईनको तर्फबाट भने अग्रिम शुभकामना ।
For More videos Log on to Mazzako TV