‘सालको पात टपरी हुने’ गीतबाट मज्जाको प्रतिक्रिया पाएकी नायिका तथा मोडल मरिष्का पोख्रेलको अभिनय रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘हाँंसेर’ बोलको गीतको म्यूजिक भिडियोमा मरिष्कालाई नायक तथा मोडल नरेन खड्काले साथ दिएका छन् । सार्वजनिक गीतमा गायिका गंगा गजमेरले स्वर दिएकी छिन् । गीतमा मनशी किरणको संगीत र एरेन्जमा रहेको छ भने संगीता थापाको मज्जाको शब्द रहेको छ ।

हासेर बोलको गीत निकै रोमान्टिक गीत रहेको गंगाले बताइन् । गीतको भिडियोलाई हामीले फरक तरिकाले बनाएका छौँ । शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ । गंगा यस गीतले दर्शकरश्रोताको मन जित्नेमा विश्वस्त छिन् । जेबिआर सनमले भिडियो निर्देशन गरेका हुन् ।
जगत रेग्मीले कोरियोग्राफर गरेका छन् भने भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् । मनोज सुबेदीले ड्रेन चलाएको भिडियोलाई श्याम कुँवरले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV