पछिल्लो समय सामाजिक सन्जालमा चर्चामा रहेकी धना परियारको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । “बधाई” बोलको गीतमा धना परियार र तुलसिंह रनपछाईको आवाज रहेको छ । छाउपडीमा आगो लागेर डडेकी धना परियारको सार्वजनिक गीतमा समीक्षा बुढाथोकीको सिर्जना र ऋषी खड्काको संगीत रहेको छ ।

किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी उनले शिव दर्शन फिल्मस् प्रा.लिकी प्रवन्ध निर्देशक गायत्री थापाको सहयोगमा लोकदोहोरी गीत बजारमा ल्याएकी छिन् ।

गीतको म्युजिक भिडियोमा रोशन सिंह र साया भण्डारीको अभिनय रहेको छ। अजय रेग्मीको छायांकन, रोशन सिंहको निर्देशन तथा मिलन बिकको सम्पादनमा गीतको म्युजिक भिडियो निर्माण भएको छ ।उक्त गीतबाट संकलन भएको सबै रकम धना परियारको उपचारको लागी सहयोग गर्ने गायत्री थापाले बताएकी छिन् ।

https://youtu.be/A3e0ZDGjBn8?t=161

For More videos Log on to Mazzako TV