कस्तो हो ‘डि कम्पनी’, दर्शकले भन्लान त हेर्न जाम पनि ?
छायाँकन एवंम सम्पादन काठमाण्डौ बाहिर पूरै सकिएको फिल्म ‘डि कम्पनी’ प्रदर्शनको लागि तयार भएको छ । बुटवलमा छायाँकन तथा सम्पादन गरिएको फिल्म ‘डि कम्पनी’ जेठको पहिलो साता प्रदर्शन हुने निर्माता कृष्ण श्रेष्ठले जानकारी गराए ।
काठमाण्डौमा सोमबार प्रेसमिट गर्दै निर्माता श्रेष्ठले भने, ‘गाउँबाट शहर झर्ने विद्यार्थीले भोग्नु पर्ने समस्यालाई फिल्ममा देखाउन खोजेका छौं ।’ उनले यसअघि ‘कसलाई दिउँ यो जोवन’ नामक फिल्म निर्माण गरेका थिए । उक्त फिल्मबाट लगानी डुबाएका उनले ‘डि कम्पनी’ बाट भने लगानी उठ्ने आशा व्यक्त गरे ।
डि कम्पनीमा अधिकाशं कलाकार तथा प्राविधिक बुटवलकै छन् । अनुस्का शर्मा, प्रकाश गौतम, सुदन न्यौपाने, महेन्द्र गौतम लगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् । इन्स्पेक्टरको भूमिकामा प्रस्तुत भएकी अनुस्काले फिल्म खेल्न पाउँदा खुसी लागेको अनुभव साटिन् भने नृत्य निर्देशक विवेक थापाले आफुले सक्दो मिहेनत गरेको बताए । फिल्मका छायाँकार दिपक परियार हुन् । निर्देशक मनोज श्रेष्ठ प्रेसमिटमा उपस्थित थिएनन् ।
तस्वीर– दीप बिमली
For More videos Log on to Mazzako TV