सिनेमा मेरो एउटा साथी छ २ बन्ने भएको छ । ९ बर्ष अघि निर्देशक सुदर्शन थापाले बनाएको यो हिट फिल्मको ब्रान्डलाई फेरि निर्माण कम्पनी आइकोर फिल्मस्ले अगाडि सार्न लागेको हो । सुदर्शन थापाले निर्देशन गरेको मेरो एउटा साथी छ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका छ ।


मेरो एउटा साथी छ २ लाई दिनेश राउतले निर्देशन गर्ने भएका छन् । आइकोर फिल्मस्ले बनाउन लागेको सिनेमाको कथामा काम भैरहेको छ । यो सिनेमाको सम्पूर्ण जिम्मा आइकोरले दिनेशलाई दिएको छ । सिनेमाको छायांकन चाडै नै सुरु गर्ने योजना यसको निर्माताको छ । सिनेमाका लागि नयाँ जोडी लिने सोचाइमा यसका निर्माता छन् ।

For More videos Log on to Mazzako TV