चत्रै १५ गतेलाई प्रदर्शनबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने फिल्म ‘साइँली’ को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्मको ‘प्याट प्याटे’ बोलको गीत बुधबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंह लगायतका कलाकारलाई प्रस्तुत गरिएको छ ।

गीतमा सुशान्त गौतमको संगीत, हर्क साउँदको शब्द तथा संगीतकार गौतमको स्वर छ । बैदेशिक रोजगारीको कथामा निर्माण भएको फिल्मलाई सामाजिक रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
साइँलीलाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको फिल्ममा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV