सन् २००१ मा रिलिज भएको सफल चलचित्र दर्पणछायाको नामलाई नै सापटी लिएर निर्देशक तुलसी घिमिरेले दर्पण छाया २ बनाएपनि यो चलेन । यो सिनेमा नचलेपछि तुलसी अहिले मौन छन् । तर, अब यसको सिक्वेल बनाउने तयारी थालिएको छ ।

यो सिनेमाको कथा अहिले उत्तम प्रधानले लेखिरहेका छन् । सिनेमामा दर्पण छायाको हिट जोडी निरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधानकै मुख्य भूमिका रहनेछ । उत्तम प्रधानसँग यो सिनेमामा खेल्न लागेकाले पनि निरुताले अन्य सिनेमामा छोटो भूमिकामा काम नगरेको वुझिएको छ । निरुता अहिले नेपालमा छिन् ।

निरुताले यो सिनेमाको कथावस्तु आफूलाई पनि मन परेको बताएकी छिन् । सिनेमाको निर्देशन तुलसी घिमिरेले नै गर्ने वुझिएको छ ।

For More videos Log on to Mazzako TV