नव गायक कृष्ण कार्कीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कृष्ण र गायिका बिन्दु परियारको स्वर रहेका ‘घरबारमा’ बोलको गीत हाले युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक गीत केहि वर्ष यता गायन सम्बन्धि विभिन्न प्रशिक्षण लिईरहेका कृष्णको डेब्यु गीत हो ।

गीतमा शब्द र संगीत सन्तोष सुनारको रहेको छ । गीतको भिडियोमा पल शाह र आँचल शर्मा प्रस्तुत छन् । गीतमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाइएको छ ।
गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् , जसलाई रामकुमार केसीले छायाँकन गरेकाछन् भने यसलाई निर्देशन रसम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

For More videos Log on to Mazzako TV