अभिनेता सलिनमान बनियाँले दोश्रो सिनेमा यात्रामा आफूले मिहिनेत गरेको बताएका छन् । सलिनमानले यात्रा सिनेमाका लागि आफूले शतप्रतिशत दिएको पनि बताएका छन् । तर, सलिनमान बनियाँले यो सिनेमाको लागि आफूमाथि दबाब धेरै भएको बताएका छन् ।

उनले, सबै कुरामा आफ्नो नाम नै जोडिएकाले पनि दबाब भएको स्पष्ट पारे । सलिनमान यो सिनेमा चल्नुपर्ने बताउँछन् । कथावस्तु पनि निकै राम्रो भएको र मेकिङ पनि राम्रो भएकाले सिनेमा चल्नुपर्ने सलिनमो भनाई छ ।

चैत्रको २९गतेबाट रिलिज हुन लागेको सिनेमाको प्रचारमा दौडिएका सलिन आफूले अझै धेरै कुरा सिक्न बाँकी रहेको पनि बताउँछन् ।

For More videos Log on to Mazzako TV