सिनेमा घरको छायांकन सकिएको छ । यो सिनेमाको छायांकन २० दिनमै सकिएको छ । बुढानिलकण्ठको एक घरमा यो सिनेमा खिचिएको छ । साथमा अन्य केही लोकेशनमा पनि सिनेमा खिचिएको छ । दिनरात नभनी सिनेमा खिचिएको निर्मात्री शर्मिला पाण्डेले बताएकी छिन् ।

सिनेमा घरलाई डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । सिनेमा घरमा कथा तथा निर्देशन अर्पण थापाको छ । यो सिनेमाले दर्शकलाई तर्साउने दाबी अर्पणको छ । हरर कथामा बनेको सिनेमामा अर्पण थापा, बेनिशा हमाल र सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।

सिनेमालाई निरज कँडेलले खिचेका हुन् । सिनेमाको प्रदर्शन मिति केही दिनमै फाइनल गरिनेछ ।

For More videos Log on to Mazzako TV