अभिनेता विपिन कार्कीको अभिनय रहने फिल्म ‘परीः उड्न देऊ’ निर्माण हुने भएको छ । सोमबारर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषण गरिएको हो । उक्त फिल्मलाई लामो समय देखी म्यूजिक भिडियो सम्पादक तथा निर्देशन गर्दै आएका निशान कश्यपको निर्देशन गर्न लागेका हुन् ।

उनको यो फिल्मनै डेब्यू निर्देशन हो । फिल्ममा विपिनसंग श्रृष्टि खड्काले रोमान्स गर्दैछिन् । अभिनेत्री खड्काको भने यो डेब्यू फिल्म हो ।फिल्म बैशाखबाट फ्लोरमा जाने फिल्मलाई रुपेशमान अमात्यले निर्माण गर्नेछन् । फिल्मको कन्सेप्ट निर्देशक कश्यप स्वयंको हो ।

फिल्म रमाइलो, पारिवारिक र सस्पेन्स थ्रिलर हुने बताइएको छ । आरएन आइकनको ब्यानरमा बन्ने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मका लागि बाँकी कलाकार भने केही दिनमा सार्वजनिक गर्ने निर्देशक कश्यपले बताए । निपिल शर्माले फिल्मको कथा लेखेका हुन् ।

For More videos Log on to Mazzako TV