प्रतिलिपि अधिकारमा पत्रकारको चासो
‘प्रतिलिपि अधिकार संरक्षणमा चलचित्र पत्रकारको भूमिका’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल चलचित्र पत्रकार संघ र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको सहकार्यमा वैशाख ७ गते काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नव निर्वाचित चलचित्र पत्रकारको कार्य समितिले गरेको यो पहिलो कार्यक्रम हो । झन्डै २ घण्टा जसो चलेको अन्तरक्रियामा अनलाईन, पत्र पत्रिका, रेडियो एवम् टलिभिजनका एक दर्जन बढी चलचित्र पत्रकारको सहभागीता रहेको देखियो ।
‘प्रतिलिपि अधिकार संरक्षणमा चलचित्र पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा चलचित्र संघका उपाध्यक्ष विष्णु सुवेदीले उक्त विषय माथि सम्बन्धीत रहेर अवधारण पत्र प्रस्तुत गरे । त्यस्तै रजिष्ट्रार कार्यालयका विसु कुमार केसीले प्रतिलिपि अधिकार, प्रतिलिपि अधिकारीको स्वरुप, प्रतिलिपि अधिकार क्षेत्र, आर्थिक अधिकार, नैतिक अधिकारहरु, प्रतिलिपि अधिकार ऐनमा चलचित्र सम्बन्धी प्रावधान, प्रतिलिपि अधिकारको न्यूनतम संरक्षण र अवधि, प्रतिलिपि अधिकारको व्यवस्थापन, कार्यान्वयन र कानुनी उपचार, दण्ड सजाय, मुद्धाको कारबाही र किनारा लगातयका विषयमा जानकारी गराए ।
‘प्रतिलिपि अधिकार संरक्षणमा चलचित्र पत्रकारको भूमिका’ विषयक अन्तरक्रियाले चलचित्र पत्रकारलाई यस क्षेत्रमा रहेर रिर्पोटिङ गर्न सहयोग पुर्याउने पत्रकार संघका अध्यक्ष शान्तिप्रियले बताए ।