सिनेमा सम्हालिन्छ कहिले मनको छायांकन सुरु भएको छ । लण्डनमा पूजा गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो । ५० दिनसम्म यो सिनेमाको छायांकन बेलायतमा गरिनेछ । लण्डन, वेल्स र स्कटल्याण्डमा सिनेमाको छायांकन हुनेछ । करिब ५ प्रतिशत छायांकन भने नेपालमा हुनेछ । सिनेमाको मुहुर्तमा कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, सरोज खनाल, गौरी मल्ल उपस्थित थिए ।

अभिनेत्री पूजा र सोनमले पहिलो टेक समेत दिएका छन् । सिनेमा सम्हालिन्छ कहिले मनको निर्देशन सुदर्शन थापाले गर्दैछन् । सिनेमालाई त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिदैछ । सिनेमामा अमित बस्नेतको लगानी छ । सिनेमामा अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माताको रुपमा छन् भने परि राना र अजितकुमार थापा सह निर्माताको रुपमा छन् ।

सिनेमा सम्हालिन्छ कहिले मनमा महेश दवाडीको कथा, अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र सुगम पोखरेलको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराको कोरियोग्राफी छ ।

For More videos Log on to Mazzako TV