साउथ सिनेमाको सुरुवातमा कुनै पनि हिरोको अघि एउटा न एउटा ट्याग लाइन लागेको हुन्छ । कसैलाई सुपरस्टार, कसैलाई मेगास्टार, कसैलाई जुनियर स्टार । अब, नेपालमा पनि यो ट्याग सिनेमामा नै लगाउन थालिएको छ ।

अभिनेता अनमोल केसीलाइ ए मेरो हजुर ३ सिनेमाका निर्माताले मेगास्टारको ट्याग दिएका छन् । सिनेमाको टिजर आज रिलिज भयो । टिजरमा अनमोललाई मेगास्टारको ट्याग दिइएको छ । सिनेमामा अनमोललाई यसरी मेगास्टारको ट्याग दिइएको पहिलो पटक हो ।

अब, अरु सिनेमामा पनि अनमोललाई यो ट्याग दिइन्छ या दिइदैन हेर्न बाँकी छ ।

For More videos Log on to Mazzako TV