अभिनेता अनमोल केसी अभिनित सिनेमा क्याप्टेन अहिले प्रचारको दौडमा छ । यो सिनेमा फागूण १७ गतेबाट रिलिज हुँदैछ । तर, क्याप्टेनको रिलिज अगावै सिनेमा ए मेरो हजुर ३ को टिजर सार्वजनिक हुने भएको छ ।

चैत्र २९ को डेटमा सिनेमा आउँछ या आउँदैन भन्ने दोधारे अवस्था रहेको अवस्थामा निर्माताले टिजर सार्वजनिक गरेर सिनेमा निर्धारित मितिमा नै आउने छनक दिन खोजेका छन् । सिनेमामा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । सुनिल कुमार थापाको निर्माणमा तयार भएको यो सिनेमालाई झरना थापाले निर्देशन गरेकी हुन् ।

यो सिनेमामा सांगीतिक लभ स्टोरी कथालाई उठान गरिएको छ । ए मेरो हजुर २ हिट भएकाले पनि ए मेरो हजुर ३ ले दर्शकको मन अझै जित्ने अपेक्षा झरनाको छ । यो सिनेमासँगै फिल्म यात्रा पनि रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV