Filmy Khabar 1‘अनलाइन फिल्मीखबर अवार्ड’ (ओफा) को दोस्रो संस्करण आउँदो जेठ २६ गते हुने भएको छ । फिल्मीखबर डट कमको छैठौं वार्षिकोत्सवको अवसर पारेर आयोजना हुने ओफामा विभिन्न १७ विधामा ‘पपुलर’ अवार्ड प्रदान गरिने जानकारी गराईएको छ ।
वर्ष ०७० सालमा प्रदर्शन भएका फिल्मको लोकप्रियतालाई आधार बनाएर १७ विधामा ‘पपुलर’ अवार्ड प्रदान गरिनेछ । गत वर्ष १३ विधामा अवार्ड प्रदान गरिएको थियो । त्यस्तै अन्य प्रतिस्पर्धी अवार्डमा क्रिटिक्स, प्रदर्शक  र लाईफटाईम अचिभ्मेन्ट अवार्ड पनि प्रदान गरिनेछ ।

यी तीन बाहेक अन्य विधाका अवार्डमा लोकप्रियतासँगै फिल्मले उठाएको विषयवस्तु र प्रस्तुतीलाई अवार्डको उत्कृष्टता मापन गरिनेछ । सँगै अवार्डका लागि अनलाइन भोटिङलाई पनि निर्णय प्रक्रियामा समावेश गरिनेछ ।

अवार्डमा गीतकार, गायक, गायिका र कस्ट्युम डिजाइनर ओफाको दोस्रो संस्करणमा थपिका विधा हुन् । फिल्म, अभिनेता, अभिनेत्री, पटकथा, संगीत, छायाँकन, सम्पादन, नृत्य निर्देशक, द्धन्द्ध निर्देशक, नव निर्देशक, नव नायक, नव नायिकाको पपुलर अवार्डले दोस्रो साल निरञ्तरता पाएका छन् ।

केही दिनमै मनोनयनमा परेका फिल्म र फिल्मकर्मीको नाम औपचारिक रुपमा घोषणा गरिने जानकारी गराईएको छ ।

For More videos Log on to Mazzako TV