गायक कृष्ण काफ्लेको आवाज रहेको निकै मार्मिक गीत आमा सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियो मङ्गलवार एमबी क्रीयसनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा बिदेशिएका नेपालीहरूले आफ्नो आमा र मातृभूमिलाई गर्ने मायालाई निकै प्रस्ट रूपमा प्रस्तुत गरिएको छ । कृष्ण काफ्लेको आवाज रहेको गीतलाई मनिष बसिष्ठले रचना गरेका हुन् भने कम्पोज पुरुषोत्तम न्यौपानेले गरेका हुन् । गीतमा सङ्गीत संयोजन उदय राज पौडेलको रहेको छ ।

निकेश खड्का निर्देशित उक्त भिडियोमा कलाकार सहिन प्रजापति र शारदा अधिकारी फिचर छन् । उत्तम हुमागाईंले खिचेको उक्त गीतलाई प्रविन श्रेष्ठले सम्पादन र कलर गरेका हुन् ।

For More videos Log on to Mazzako TV