बिकाश जोशी निर्देशित नाटक स्वप्निल स्वप्न नगरी मण्डला थिएटरमा मञ्चन हुने भएको छ । माघ ११ गतेबाट मण्डला थिएटरमा अनामनगरमा मञ्चन हुने उक्त नाटकका लेखक प्रदिप कुमार चौधरीले बताए । नाटक माघ ११ गतेबाट माघ २७ गतेसम्म सोमबार बाहेक प्रत्येक दिन साँझ ५ बजे र थप शनिबार १ बजे पनि मञ्चन हुनेछ ।

आकाश झा, अभिषेक शर्मा, बिना कार्की, छेजिङ जेवा भुटिया, डेविड सुवेदी, ज्ञानेन्द्र भट्टराई, केशव अधिकारी, लालप्रसाद जैसी, प्रकाश भट्टराई, रितु पौडेल, सविना थापा, सचिन लामा, सुशिल पाण्डे, सृजना पाण्डे, सुजित घिसिङ ,सुशिल तामाङ र योवश राईको नाटकमा अभिनय रहनेछ ।

For More videos Log on to Mazzako TV