नेपाली चलचित्र ‘दि ब्रेकअप’ को ट्रेलर सार्बजनिक गरिएको छ । निर्माण टिमले सोमवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरेको थियो ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार जोडी आशिरमान देशराज जोशी र शिल्पा मास्केबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलिया र ४० प्रतिशत पोखरामा भएको बताइएको छ । ‘दि ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । निर्देशक बिसीकै कथा रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

फिल्ममा आशिरमान र शिल्पा बाहेक रेमन दास श्रेष्ठ, सरोज खनाल, इक्षा कर्की लगायत कलाकार को मुख्य भूमिका रहेको छ । फिल्म फागुन १७ मा रिलिज हुँदै छ।

For More videos Log on to Mazzako TV