Singham 1नायक अजय देबगन यति बेला उनको अपकमिङ् फिल्म ‘सिङ्घम २’ को शुटिङ्मा ब्यस्त रहदै आएका छन् । ‘सिङ्घम २’ को शुटिङ् मुम्बाईमा भईरहेको छ । हालै मात्र शुटिङ्गका केहि तस्बीरहरु सार्बजानिक भएका छन् । उक्त तस्बीरहरुमा अजय मुम्बाईको एक रोडमा भीडको बीचबाट आफ्नो पुलिस फोर्सको साथमा बाहिरिदै गरेका छन् । तस्बीरमा अजयको साथ साथै सी.आइ.डि.का दयानन्द शेट्टी र रोहित शेट्टीलाई पनि देख्न सकिन्छ ।

‘सिङ्घम २’ को निर्देशन रोहित रोहित शेट्टीले गरिरहेका छन् । ‘सिङ्घम २’, सन् २०११ मा रिलिज भएको एक्सन फिल्म ‘सिङ्हम’को सिक्वेल हो । २०१३ मा नै ‘सिङ्घम २’  बनाईने बताईए पनि रोहित एक टीभी रियालिटी शो मा ब्यस्त भएपछि शुटिङ् केहि पर धकेलिएको थियो ।

अघिल्लो ‘सिङ्घम’मा अजयको साथमा काजोल अग्रवाल पनि पर्दामा देखिएकी थिईन भने ‘सिङघम २’ मा काजोललाई करीना कपुरले रिप्लेस गरिदिएकी छिन् । यी दुई मुख्य कलाकारका अलवा दीपक गुप्ता, एजाज खान, अमोल गुप्ते अनुपम खेर र दयानन्द शेट्टी पनि चलचित्रमा देखा पर्दैछन् । अजय देबगनको आफ्नै लगानीमा बनिरहेको यस चलचित्रमा हिमेश रेश्मियाले संगीत रहेको छ । फिल्म २०१४ अगस्ट १५मा रिलिज हुने बताईएको छ ।
Singham 2

Singham 3

Singham 4

 

 

For More videos Log on to Mazzako TV