प्रयोगात्मक र फरक सिनेमा गर्न रुचाउने बलिउड सुपर्स्टार साहरुख खान थाकेका छन् ।पछिल्लो समय लगातार आफ्नो कुनै पनि चलचित्रले राम्रो ब्यापार गर्न नसके पछी उनि निरास भएका हुन् । अझ निकै आशा गरिएको चलचित्र ‘जिरो’ भारतीय बक्स अफिसमा असफल भएपछि साहरुखले प्रयोगात्मक सिनेमा नगर्ने सोच बनाएका हुन्,। उनले, चलचित्र ‘फ्यान, जिरो’मा भीएफएक्सको प्रयोग बढी गरेका थिए । तर, यी दुबै चलचित्रले बक्स अफिसमा त्यस्तो कमाल मच्चाउन सकेनन् ।

यसैले, साहरुखले अब नयाँ प्रोजेक्ट ‘सारे जहाँ से अच्छा’ छाडेको खबर भारतीय मिडियामा उल्लेख छ । यो चलचित्र राकेश शर्माको बायोपिकमा आधारित छ । अन्तरिक्षमा पुग्ने पहिलो भारतीय नागरिकको बायोपिकमा काम गर्न लागेको जानकारी साहरुख आफैले दिएका थिए । उक्त चलचित्रमा पनि भीएफएक्समा बढी काम गर्नुपर्ने पक्का थियो ।

For More videos Log on to Mazzako TV