माघ १८ गतेबाट सार्वजनिक प्रदर्शन हुने फिल्म ‘रणवीर’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । प्रशान्त ताम्राकार र सुशील सिटौला बीचको एक्सनका दृष्यहरुलाई देख्न सकिन्छ ।

प्रशान्त र शुशील दुवै एंग्री अवतारमा प्रस्तुत छन् । नायिकाहरु शुभेच्छा खड्का र सुपुष्पा भट्टलाई फिल्ममा शुशीलको प्रेमिकाको रोलमा प्रस्तुत भएका छन् । फिल्मको ‘तिरिमिरी तिरिमिरी तीन तारा’ ले मज्जाको प्रतिक्रिया पाइरहेको बेला सार्वजनिक ट्रेलर प्रमोसनको गतिलो हतियार बन्न पक्का छ ।

फिल्म ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ । फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेको फिल्ममा रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

For More videos Log on to Mazzako TV