Aarsad

बलिवुडका ‘सर्कीट’ अर्थात अरशद वारशीले शनिवार आफ्नो ४६ औँ जन्मदिन मनाएका छन । १९ अप्रील १९६८मा जन्मिएका अरशदले सन १९९६ देखि हिन्दी सिनेमामा सक्रीयता देखाउदै आएका हुन् । सन् १९९६ मा अमिताभ बच्चनको होम प्रोडक्सनमा बनेकोे ‘तेरे मेरे सपने’मा लीड रोलमा देखिएका थिए। उक्त फिल्मबाट सफलता पाएपछि उनको पोल्टामा थुप्रै सिनेमा परेका थिए,तर उनको दुरभाग्य बक्साफिसमा कुनै पनि फिल्मले व्यापार गर्न सकेन ।

उनी सन २००३ मा बिधु बिनोद चोपडाको ‘मुन्ना भाइ एम.बी.बी.एस’ मा सन्जय दत्त सँग सर्किटको रोलमा देखा परे । उनको रोललाई दर्शकले अत्याधिक रुचाए । त्यसपछि त उनलाई बलिवुडका ‘सर्कीट’को नामबाट समेत चिनिन थालियो । ‘सर्किट’को सम्बाद दर्शकको मुखमा झुन्डिन सफल रहयो ।

‘मुन्ना भाइ एम बी बी एस’ मात्र नभएर ‘लगे रहो मुन्ना भाइ’,’इश्किया’, ‘गोलमाल ‘र अहिले नेशनल अवार्ड बिजेता ‘जली एल एल बी’मा उनले बोलेका डाईलगहरु दर्शकले खुबै रुचाएको पाइएको छ ।

For More videos Log on to Mazzako TV