फिल्म ऐश्वर्य चलेर पनि राम्रो व्यापार गर्न सफल भैसकेको छ । यो सिनेमाको मुख्य भूमिकामा दीपिका प्रसाँइले काम गरिन् । तर, यसका निर्माताले सुरुमा यो सिनेमाका लागि अभिनेत्रीको रुपमा दीपिकालाई पहिलो अफर गरेका थिएनन् ।

यो सिनेमाका लागि अभिनेत्री शुभेच्छा खड्कालाई अफर गरिएको थियो । तर, उनले यो सिनेमामा काम गरिनन् । यो सिनेमामा काम नगरेको बिषयमा रणवीर सिनेमाको पत्रकार सम्मेलनमा सुभेच्छाले जवाफ दिएकी छिन् । उनले आफ्नो भूमिका चित्त नवुझेर यो सिनेमामा काम नगरेको बताइन् ।

उनले भनेकी छिन्–‘मैले अभिनय मात्र गर्ने कि आफ्नो अनुहार मात्र देखाउने भन्ने हो । मलाई मेरो भूमिका चित्त वुझेन यसैले गरिनँ ।’ फिल्म रणवीरमा काम गर्नका लागि आफूले कथा मनपरेपछि हुन्छ भनेको सुभेच्छाले बताइन् ।

For More videos Log on to Mazzako TV