अभिनेत्री नम्रता सापकोटा नयाँ सिनेमा समर लभको प्रचारमा छिन् । उनको यो सिनेमा माघ १८ गतेबाट रिलिज हुँदैछ । यो सिनेमामा काम गरेकी नम्रतालाई नेपाली फिल्ममा असफलताको ट्याग लाग्ने गरेको छ । तर, नम्रता भने आफूलाइ असफल भनेपनि खासै चित्त नदुख्ने बताउँछिन् ।

नम्रताका अनुसार, उनी असफल भनिएतापनि एकैदिन उनको ४ वटासम्म समाचार आउने गरेको छ । असफल अभिनेत्रीलाई पनि संचारमाध्यमले यति धेरै खोजेको भन्दै उनले आफूलाई यो कुराले खुशी बनाउने बताइन् । नम्रता आफ्नो कामबाट खुशी भएको बताउँछिन् ।

आफूले काम गरिरहेको र सिंगल गीतमा मात्र नाच्दा पनि सन्तुष्ट रहेको उनको भनाई थियो । नम्रताको समर लभ र न यता न उता सिनेमा रिलिज हुँदैछ । नम्रताले आफूले काम गरेरै आफूलाई राम्रोसँग अगाडि बढाउन सकेको समेत खुलाएकी छिन् ।

For More videos Log on to Mazzako TV