गायिका बिद्या तिवारी र गायक समिर अर्चायको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘घाममा सुकाइदेउ’ बोलको गीत शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गायक समिर अचार्यकै शब्द संगीत रहेको गीतमा नायिका आँचल शर्मा र टिकटकबाट हिट भएका मन्जील बस्नेतको अभिनय छ । भिडियोको निर्देशन तथा सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

ठुली छोरी र कान्छो छोराको प्रेम प्रशंगलाई मज्जाले उतारिएको छ । यस अघि समिर र बिद्याका ‘पिच रोड’ बोलको गीतले मार्केटमा मज्जाको छाप छोडिरहेको अबस्थामा यो गीत रिलिज गरिएको हो । यता बिद्या द भ्वाइस नेपालबाट पनि चर्चित बेनेकी छिन् । गीतको संगीत संयोजन मोहित मुनालले गरेका छन् । राजिब समरको कोरियोग्राफी रहेको भिडियो राम कुमार केसीले खिचेका हुन् । हेर्नुहोस् भिडियो :

For More videos Log on to Mazzako TV