अभिनेत्री निरुता सिंह नेपाली फिल्ममा कमब्याक भएसँगै फिल्म छाड्ने क्रम पनि बढेको छ । दाल भात तरकारी सिनेमाबाट कमब्याक भएकी निरुताले अहिले साइन गरेका र खेल्छु भनेका सिनेमा छाड्न थालेकी छिन् । उनले लभ स्टेशन सिनेमा छाडेकी थिइन् ।

अब, निरुताले अर्को सिनेमा हजार जुनी सम्ममा पनि छाडेकी छिन् । निरुताले काम गर्ने भनिएको यो सिनेमा अन्तत उनले नभ्याउने बताइएपछि नयाँ अभिनेत्री राखिएको छ । सिनेमामा अब संचिता लुइटेलको प्रवेश भएको छ । सिक्किममा यो सिनेमाको छायांकन भैरहेको छ । संचिताले सिनेमाको छायांकनमा आफूलाई जोड्नेछिन् ।

विकासराज आचार्यको निर्देशनमा यो सिनेमा बनिरहेको छ । आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, उत्तम प्रधान सिनेमाको मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV