अभिनेत्री प्रियंका कार्कीले अभिनयको माध्यमबाट दर्शकको मन कमै जितिन् । तर, उनले आफ्नो स्टाइल, फेसन र लुक्सका कारण दर्शकको मन मात्र जितिनन् काम पनि धेरै पाएकी छिन् । यही भएर पनि प्रियंकालाई जाडो वा गर्मीमा कस्तो पहिरन लगाउने भन्दा पनि के लगाउँदा चर्चा बढी हुन्छ भन्ने सोच बढी पलाउँछ ।

फिल्म अनागतको कार्यक्रममा अभिनेत्री कार्कीले लगाएको छोटो पहिरन यसैको उदाहरण हो । यो जाडोमा सबै जना बाक्लो कपडा लगाएर आएको समयमा कार्कीको पहिरन भने छोटिएको थियो । उनले, खुलेरै यो पहिरनमा पोज पनि दिइन् । उनी यस्तै पहिरनको कारण बढी चर्चित छिन् ।

अभिनेत्री कार्कीले अभिनय गरेको सिनेमा माघमा रिलिज हुँदैछ । सिनेमाले माहोल तताउला वा नतताउला उनको पहिरनले भने माहोल ततायो नै ।

For More videos Log on to Mazzako TV