2चकलेटी नायक आर्यन सिग्देलले उनकी प्रेमिका सपना भण्डारीसँग शनिवार लगनगाँठो कसेका छन् । आफ्नो निकै लामो समयको प्रेमलाई विवाहमा परिणत गर्न पाएकोमा आर्यन र सपना दुबै खुशी देखिए । ३२ बर्षे आर्यनले आफु भन्दा ६ बर्ष कान्छी सपनाको सिउदो रंग्याएर आजबाट आफ्नो बनाएका छन् ।

थानकोटबाट करिब ३०० जति जन्ति लिएर बानेश्वर बैंक्वेट पुगेका आर्यनले सपनाको सिउँदामा सिन्दुर भर्दै जीवनभर साथ दिने प्रण गरे । उनको विवाहमा परिवार, आफन्तहरु र केही सिमित चलचित्रकर्मीको उपस्थिति रहेको देखियो । आर्यनले चलचित्रकर्मीहरु, पत्रकार र साथीभाई तथा आफन्तलाई आईतबार साँझ पार्टी दिने भएका छन् ।

काठमाण्डौ जोरपाटी घर भएकी सपना र आर्यनको फेसबुकमा चिनजान भएको थियो । पछि विस्तारै उनीहरु बीच प्रेमको मुना पलाएको थियो र अहिले आएर त्यही प्रेमलाई मुर्त रुप दिदै उनीहरुले श्रीमान श्रीमतिको रुपमा आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । आर्यन र सपनालाई मज्जाको अनलाईनको तर्फबाट बधाई तथा दाम्पत्य जीवनको शुभकामना ।

1

3

4

For More videos Log on to Mazzako TV