घाँस काट्ने खुर्केर, पिँढीमा बसेर जस्ता गीतका गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६३ वर्षिय बरिष्ठ लोकगायक लामिछाने विगत ७ वर्षदेखि पक्षघात, मधुमेह र उक्त रक्तचाप रोगबाट पिडित थिए । विगत ३–४ बर्षदेखि उनी रोगले थलिएका थिए । लामिछानेको शुक्रवार निधन भएको हो ।

उनले वि.स. २०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका थिए । उनका घाँस काट्ने खुर्केर, पर्नुर्पयो पीर, पिँढीमा बसेर, बाखरी बाखरी, होस गर मायालु, एउटा थाप्लो दुईटा नाम्लो लगायतका गीतहरु चर्चित छन् । उनले हाँस्य सिरियल ‘जीरे खुर्सानी’मा १०–१५ भागमा अभिनय गरेका थिए । गायक लामिछानेको ठूलो प्लेन चढेर विदेशमा कार्यक्रम गर्न जाने सपना थियो । विदेश गएर पिँढीमा बसेर बोलको गीत सुनाउँने धोको थियो । यो सपना उनले कलाकार जितु नेपाललाई सुनाएका थिए ।

हाल चाँगुनारायण न. पा. ७ मुहानपोखरी (पहिला वागेश्वरी ३ भक्तपुर) मा बस्दै आएका लामिछालेले नेपाली संगित आकाशलाई ठुलो योगदान पुर्याएका छन् ।

For More videos Log on to Mazzako TV