कसरी टुङ्गियो रेखा र छविको ब्यावसायिक सम्बन्ध ?
दश वर्षे वैवाहिक सम्बन्धले विश्राम पाएको दुई वर्ष पछि अभिनेत्री रेखा थापा र निर्माता छवि ओझाको व्यावसायिक सम्बन्धले पनि पूर्णविराम पाएको छ । निकट मानिने विश्वस्त श्रोतले दिएको जानकारी अनुसार रेखा र छवि उप्रान्त कुनै पनि हालतमा फिल्ममा सहकार्य गर्ने छैनन् ।
‘फिल्म अजम्बरी नाता’ देखि सुरु भएको रेखा र छविको व्यावसायिक सम्बन्धले कसरी विश्राम लियो ? रेखा र छविको निकट मानिने विश्वस्त श्रोतलाई आधार बनाएर मज्जाको अनलाईन उनीहरुको व्यावसायिक सम्बन्धले लिएको विश्राम बारे केही भित्रि प्रसंगलाई खोतल्ने प्रयास गरेको छ । रेखा र छवि स्वयम्ले पनि केही सञ्चारका माध्यममा आफ्नो व्यावसायिक सम्बन्धले विश्राम लिएको भन्ने अभिव्यक्ती दिइसकेका छन् ।
श्रोतका अनुसार वैवाहिक सम्बन्धले विश्राम लिएसँगै रेखा र छविले व्यावसयिक सम्बन्धलाई अगाडी नबढाउने मनस्थिति बनाएका थिए । तर, व्यावसायिक फुट हुँदा दुवै कमजोर हुने आशंकाले यी दुईले वैवाहिक सम्बन्ध विच्छेद पश्चात पनि ‘हमेशा’ फिल्ममा सहकार्य गरे। अभिनेता आर्यन सिग्देललाई आउट गरेर ‘हमेशा’मा रेखा इन भएकी थिइन् । यद्पी छविले ‘हमेशा’का लागि नयाँ हिरोइनको पनि खोजी भने नगरेका होइनन् । खोजे जस्तो नव अभिनेत्री नभेट्टिएपछि ‘हमेशा’ मा आर्यनलाई आउट गरेर रेखालाई इन गराउन बाध्य भएका थिए ।
तर, ‘हमेशा’ को व्यापार ब्लकबस्टर नभएसँगै रेखा र छविको सम्बन्धमा चिसोपना आयो । ‘हमेशापछि रेखा र छवि दुवैले छुट्टिएर फिल्म निर्माण गर्ने मनस्थिति बनाइसकेका थिए’ श्रोत भन्छ, ‘लोफर र काली त्यही मनस्थितिको उपज हो ।’ काली र लोफर निर्माणताका रेखा र छवि एक अर्कासँग बोल्दैनथे । अझ ‘लोफर’ र ‘काली’ एकसाथ प्रदर्शन हुने भएपछि रेखा र छविले एक अर्काको विरुद्धमा समेत अभिव्यक्ती दिए । ०७१ सालको फूलपातीमा ‘लोफर’ रिलिज गर्ने योजनामा रहेका छवि त्यतीबेला हच्किए जतिबेला रेखाले ‘काली’ को ‘स्लोली स्लोली’ बोलको गीत सार्वजनिक गरिन् ।
‘काली’ को उक्त गीत हिट भएपछि छवि ‘लोफर’ फूलपातीमा रिलिज नगर्ने मनस्थितिमा पुगे । उता रेखाले मनोज राठी समुहसँग एड्भान्स रकम लिएर ‘काली’ लाई फूलपातीमा रिलिज गर्ने चाँजोपाँजो मिलाइ सकेकी थिइन् । छवि हारे र रेखासँग फर्किए ।
‘काली’ मा कार्यकारी निर्माता राखेर रेखाको ‘काली’ लाई छविले आफ्नो बनाए । श्रोत भन्छ, ‘कालीका लागि छविले रेखासँग इमोशनल ब्ल्याक मेल गरे ।’ श्रोतकानुसार ‘काली’ लिनका लागि रेखासँग छविले मर्छु र मार्छुको नाटक मञ्चन गरेका थिए । रेखाले पनि ‘कर्मदाता’ भन्दै ‘काली’ छविको हातमा सुम्पिएकी थिइन । छविलाई खुसी बनाउँदा रेखासँग ‘काली’ वितरणको जिम्मा लिएका मनोज राठी समुह चिढिए । ‘काली’ सुपरहिट भएपछि रेखाले आफुले चढ्दै आएको कार समेत छविलाई उपहार दिएकी थिइन् ।
‘काली’ बाट सुध्रिएको रेखा र छविको सम्बन्ध ‘लज्जा’ निर्माणसँगै भताभुङ्ग हुन गयो । लोक दोहोरीमा नाच्ने शिल्पा पोखरेललाई अर्की रेखा थापा भन्दै ‘लज्जा’ मा खेलाएपछि रेखा र छविको व्यावसायिक सम्बन्ध लभगभ टुङ्गीने अवस्थामा पुग्यो । यद्पी रेखाको रिप्लेस भनेकी शिल्पाको बोहनी नै बिग्रिएपछि छविले पुनः रेखातिर व्यावसायिक सम्बन्ध विस्तार गर्न खोजे । इनर अन्डर वेयर देखाएर आलोचित बनेकी शिल्पाले ‘लज्जा’ मा आफ्नो स्वर नै रेकर्ड गराउन पाइनन् ।
‘लज्जा’ मा शिल्पाको बोहनी नै बिग्रिएपछि छविले निर्देशक ऋषी लामिछाने मार्फत रेखालाई ‘हवाल्दार सुन्तली’ का लागि प्रस्ताव गरेका थिए । श्रोत भन्छ, ‘हिम्मतवाली’ को लफडामा छविले निर्देशक श्याम भट्टराईलाई उकासेपछि छविसँग रेखाले व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक ठानिन् ।’
‘सुन्तली हवाल्दार’ नखेलेको झोकमा छविले एक मासिक पत्रिकामा रेखासँग सम्बन्धित रहेर आन्तरिक प्रसंग बाहिर ल्याएपछि अन्ततः छविसँग रेखाले आगामी दिनमा व्यावसायिक सम्बन्ध नराख्ने निष्कर्शमा पुगेको श्रोत बताउँछ ।
For More videos Log on to Mazzako TV