गायक शिव थापा मगरको नया गीत  ‘सुन ऒइ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  । विगत लामो समयदेखी साङ्गितिक क्षेत्रमा सकृय भई आफ्नो सुमधुर आवाजले संगीत प्रेमीहरु र आफ्नो शुभचिन्तक हरु माझ नया अनि फरक किसिमको गीतहरु पस्कदै आईरहेका गायक मगर को यस गीत पनि उत्तिकै मोहक र आकर्षण रहेको छ । सार्वजनिक यस गीतमा शव्द ,संगीत र गायन गायक शिवकै रहेको छ  ।   

सार्वजनिक यस गीतको म्युजिक भिडियोमा मोडल तथा चर्चित भिजे सोनिका रोकाय र मोडल  राज कृष्ण र निकेशको अभिनय रहेको छ। नेत्र किराँतीको निर्देशनमा तयार यस गीतको म्युजिक  भिडियोमा काजिश श्रेष्ठको कोरियोग्राफि ,अजय रेग्मीको छायांकन तथा ओम प्रसाद प्रसाईंको सम्पादन रहेको छ।

For More videos Log on to Mazzako TV