Red monsoon 3

फिल्म ‘रेड मनसून’ का निर्देशक इलम दिक्षितले समाज हिरो विहिन रहेको तर्क गरेका छन् । ‘रेड मनसून’ बारे जानकारी दिन आयोजित प्रेसमिटमा निर्देशक दिक्षितले भने, ‘समाजमा कोही पनि हिरो छैन । यहाँ मोडल धेरै भए रोल मोडल कोही पनि भएनन् ।’

फिल्म ‘रेन मनसून’ ले समाजको हिरो र रोल मोडल खोज्ने प्रयास गरेको इलमले बताए । उनले भने, ‘फिल्ममा हामीले मानवीय समवेदनालाई तानेका छौं ।’ काठमाण्डौको मछिन्द्रनाथको जात्रादेखि बाजा गाजा, भेषभूषा र परिवेशलाई उतारिएको ‘रेड मनसून’ एउटा क्लासलाई मात्रै नभएको उनले बताए । ‘

अभिनेत्री सरिता गिरीले भने ‘रेड मनसून’ मा आफ्नो भूमिका निकै नै चुनौतीपूर्ण रहेको बताइन् । उनले भनिन्, ‘पात्र नजिक पुग्ने प्रयास गरेका छु ।’ फिल्मकी अर्की अभिनेत्री श्रृष्टी घिमिरेले पनि चुनौतीपूर्ण भूमिकालाई राम्रो गर्ने प्रयास गरेको बताए ।

संगीतकार लोचन अर्यालले ‘रेड मनसून’ का गीत संगीत ४० वर्ष पछिसम्म पनि स्मरणीय रहने बताए भने लेखक करुणा रिजालले भने सामान्य कथामै राम्रो फिल्म बनेको बताइन् ।

‘रेड मनसून’ मा सरिता र श्रृष्टीको साथमा हिमाली दिक्षित, सन्दिप क्षेत्री, सुदाम सिके लगायतको मुख्य भूमिका रहेको छ । प्रेसमिटमा फिल्म निर्माण गर्दाको सम्पादित फुटेज निकै नै रुचाइयो । फिल्म यही वैशाख २६ गते अल नेपाल प्रदर्शन हुँदैछ ।

Red monsoon 7

Red monsoon 6

Red monsoon 5

Red monsoon 8

Red monsoon 1

For More videos Log on to Mazzako TV