मिस नेपाल वल्र्ड श्रृङ्खला खतिवडा मिस वल्र्डमा उत्कृष्ट १२ मा पुग्न सफल भइन् । ब्यूटी विथ प्रपोज जितेकी यी सुन्दरीले राजधानीमा आयोजना भएको पत्रकार सम्मेलनमा फिल्ममा काम गर्ने बिषयमा पनि बोलेकी छिन् ।


अधिकांश मिस नेपालहरु यो टाइटल जितेपछि फिल्ममा आउने गरेका छन् । श्रृङ्खलाले पनि यो प्रश्न फेस गर्नु स्वभाविक नै थियो । उनले आफूलाई फिल्ममा आउन कुनै पनि रुची नभएको बताइन् । आफूले मिस नेपाल भएलगतै फिल्ममा काम गर्ने रुची नभएको बताएकाले पनि कसैले पनि अफर नगरेको बताएकी हुन् ।


श्रृङ्खलाले आफू आर्किटेक्चरको विद्यार्थी भएका नाताले पनि आफूले यसमा नै काम गर्ने बताइन् । आफ्नो फिल्ड नै अर्को भएकाले आफूले फिल्म नखेल्ने र आफूलाई अभिनय पनि नआउने उनको भनाई थियो ।

For More videos Log on to Mazzako TV