चर्चित कमिडियन कपिल शर्मा ले विवाह गरेका छन् । कपिल, गिन्नी चतरथ सङ्ग धेरै बर्षसम्म रिलेसनसिपमा थिए । कपिल र उनकी गर्लफ्रेण्ड ले बुधवार १२ डिसेम्बरमा आफ्नो लङ टाइम रिलेसनसिपलाई विवाहमा परिणत गरेका हुन् । यो पञ्जाबी विवाह गिन्नीको पुर्ख्यौली शहर जालन्धरमा भएको थियो । दुलहाको पहिरनमा कपिल कुनै राजा भन्दा कम देखिएका छैनन् भने गिन्नी पनि कुनै महारानीभन्दा कम देखिएकी छैनन् ।

उनिहरुको विवाहमा अरु बलिउड कलाकार जस्तो फोटो र भिडियो लिन बन्देज लगाइएन । विवाहमा उपस्थित धेरैले सोसल मिडियाबाट विवाह लाइभ गरेका थिए । यसकारण यो विवाहको कयौं भिडियोहरु अहिले कपिलका फ्यानबीच भाइरल भएको छ ।

विवाहमा सानो पर्दाका कयौं स्टार्स सहभागी भएका थिए । सुमोना चक्रवर्ती, भारती सिंह, हर्ष लिम्बाचिया, कृष्णा अभिषेक,सुदेश लहरी, राजीव ठाकुर, आरती सिंह, चन्दन प्रभाकर र राजीव उपस्थित थिए । कपिलले १४ डिसेम्बर यानिकी आज आफ्नो गृहनगर अमृतसरमा रिसेप्सन दिँदैछन्,।

For More videos Log on to Mazzako TV