अशोक दर्जीको दोस्रो गीत सार्वजनिक भएको छ । अशोक दर्जी, टंक बुढाथोकी र ए आर बुढाथोकीको स्वर रहेको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत भएको हो । यस अघि अशोक दर्जी र टंक बुढाथोकीको ‘मन बिनाको धन’ बोलको गीतले मज्जाले सफलता पाएको थियो ।
सार्वजनिक ‘चौरीको चाम्रो छुर्पी’ गीत आमाको मायाप्रति समर्पित छ ।


गीतमा आफनो आमाको मात्र नभई पुरै देशको आमाहरुको सुन्दरतालाई बयान गरिएको छ । भिडियोमा टंक बुढाथोकी, अशोक दर्जी, ए आर बुढाथोकीको साथै नेपालकी पहिलो नायिका भुवन चन्द, दीपिका शर्मा, डि जे रुपक र बासुकला मैनाली प्रस्तुत छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोको कन्सेफ्ट टंक आफैले गरेका हुन् । सौरव लामाको छायांकन रहेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । ‘चौरीको चाम्रो छुर्पी’ गीतलाई पनि मज्जाको प्रतिक्रिया आइरहेको छ ।

For More videos Log on to Mazzako TV