दाल भात तरकारीको राजधानी बाहिरको छायांकन सकेर यसको यूनिट राजधानी फिरेको छ । राजधानी आएपछि यो फिल्मको छायांकन राजधानीको मह स्टूडियोमा सुरु भएको छ ।

राजधानीको मह स्टूडियोमा सुरु भएको छायांकनमा बल्ल अभिनेत्री बर्षा राउतको इन्ट्री भएको छ । यो फिल्ममा बर्षा हट अवतारमा छिन् । सिनेमा भित्र अभिनेत्री निरुता सिंह र अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा छन् । पुष्पल खड्का र आँचल शर्माको भूमिका पनि मुख्य छ । बर्षाको भूमिकाबारे खुलाइएको छैन ।

तर, उनी हरिवंश आचार्यसँगै देखिएकाले दाल भात तरकारीमा उनी खास छिन् भन्ने वुझ्न सकिन्छ । सिनेमाको छायांकन अब आधा प्रतिशत बाँकी छ । सिनेमालाई सुदन केसीले निर्देशन गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV