अभिनेत्री नम्रता श्रेष्ठलाई संचारमाध्यममा आउन रुची लाग्दैन । उनी संचारमाध्यममा अझ आफ्नो व्यक्तिगत जीवनको कुरा त फिटिक्कै आओस् भन्ने चाहन्नन् । यही भएर पनि नम्रताले संचारमाध्यमसँग दुरी बनाएको हुनुपर्छ । नम्रता अभिनित फिल्म प्रसाद अहिले रिलिज भैरहेको छ ।

यो सिनेमाको व्यापार पनि राम्रै छ । नम्रता भने फिल्मको प्रचारको बेलामा मात्र मिडियामा आइन् । प्रेमी दावा शेर्पासँग लामो समयदेखि प्रेममा रहेपनि यी दुइले मिडियामा खुलेरै बोलेका छैनन् । नम्रता आफूलाई आफ्नो व्यक्तिगत समाचार नआएकै राम्रो लाग्ने बताउँछिन् ।

आफूले गरेको काम र आफ्नो कामको प्रतिक्रिया आएको खण्डमा त्यसले आफूलाई पनि अघि बढ्न सहज हुने उनले बताइन् । तर, व्यक्तिगत कुरा नआओस् भन्नकै लागि नम्रता र दावाले संचारमाध्यमको उपस्थिती हुने कार्यक्रममा दुरी बनाउने गरेका छन् ।

For More videos Log on to Mazzako TV