कलाकार विनोद न्यौपाने कमेडी फिल्ममा जमिरहेका छन् । उनले अभिनय गरेको फिल्म कोहलपुर एक्सप्रेसपछि उनी कमेडी फिल्ममा दमदार देखिएका हुन् । उनी अभिनित नयाँ २ सिनेमा रिलिजको लागि तयार छन् ।

Binod Neupane

सुश्री सम्पत्तीमा उनी मुख्य भूमिकामा देखिएका छन् । यस्तै, विनोद फिल्म जय श्री दाममा पनि कमेडी भूमिकामा नै देखिएका छन् । सुश्री सम्पत्ती फिल्ममा उनको साथमा सलोन बस्नेत र सारा सिर्पाली मुख्य भूमिकामा छन् । यो सिनेमा चलेको खण्डमा विनोदलाई पनि फाइदा हुनेछ । विनोद लिड हिरोमा अझै पनि जम्न सकेका छैनन् ।

तर, उनलाई कमेडी भूमिकामा राखेर सिनेमा बनाउन भने निर्माताले इच्छा देखाएको पाइन्छ । सुश्री सम्पत्ती सिनेमा चलिदिएको खण्डमा विनोदलाई पनि फाइदा हुनेछ । सुव्रतराज आचार्यले निर्देशन गरेको सुश्री सम्पत्ती मंसिर २८ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV