kangana Ranaut 1

बलिउड क्वीन कंगना उनको प्रर्दशन हुन लागेको चलचित्र ‘रिभल्बर रानी’को प्रोमोसनमा जोडतोडले लागेकी छिन् ।

उनी अभिनित चलचित्र ‘क्वीन’को सफल्ताले उनको आत्मविश्वासलाई पनि निकै बढाएको छ । उनी चलचित्र ‘रिभल्वर रानी’को प्रोमोसनमा कुनै कसर बाकी राख्न चाहन्न ।

फिल्मको प्रोमोसनको लागि उनी हालसालै मुम्बईको फिल्मालया स्टूडियो पुगिन । फिल्मालया स्टुडियोमा कंगनाको साथमा बीर दास पनि थिए । बीरले फिल्ममा कंगनाको साथमा लिड रोल निभाएका छन् । उनी स्टुडियो पुग्दा निलो रंगको हाल्टर नेक ड्रेसमा देखिएकी थिईन ।

मेकबिना नै आएकी उनी निकै साधारण देखिएकी थिईन । यहाँ सम्म की उनले सामान्य चप्पल लगाएर आएकी थिईन । उनले किन यस्तो गरेकी होलिन् ? उत्तर सजिलो छ, चलचित्रको प्रोमोसनको नयाँ तरिका ।

सामान्य भएर हिड्दा कंगनाले झन राम्रा राम्रा तारिफहरु पाईरहेकी छिन् । आजकाल उनी कुनै मेकअप बिना नै कार्यक्रममा समेत देखा पर्न थालेकी छिन् ।

‘रिभल्बर रानी’मा कंगना हक्की स्वभावकी ग्याङ्गस्टारको रुपमा देखा पर्दैछिन् । चलचित्रको निर्देशन साई कबीर श्रीवास्तवले गरेका हुन । फिल्ममा पीयूष मिश्राको पनि बिषेश भुमिका रहेको छ ।

Kangana Ranaut

Kangna Ranaut 2

Kangna Ranaut 3

Kangna Ranaut 4

For More videos Log on to Mazzako TV