कहाँ थिइन आशिकी गर्ल ?
सन् १९९० मा महेश भट्ट् को सुपरहिट फिल्म ‘आशिकी’बाट फिल्मी करियर शुरु गरेकी अनु अग्रवाल निकै लामो समय देखि गायब थिइन, तर हालसालै उनी एक्कासी एक कार्यक्रममा देखा परिन । मंगलबार मुम्बाईको नेशनल सेन्टर फर द परफर्मिङ्ग आर्ट्समा उनको उपस्थिति रहेको थियो ।
१९९९ मा सडक दुर्घटना परेर उनको जीवनको बाटो नै बदलियो । उक्त घटनाबाट उनको स्मरण शक्ति मात्र गुमेन, उनमा शरिरीक असक्षमता समेत देखा प¥यो । करीब २९ दिनको कोमामा बस्दा उनले आफ्नो भाषा समेत भुलिसकेकी थिइन । उनको शरिरको तल्लो भागले काम समेत गर्न छाड्यो । तर पुन उनले आफ्नो साथी भाइ र परिवारको मद्दतले अङग्रेजी र हिन्दी भाषा सिकेकी छिन् ।
बिदेशी पाहुनाको बाक्लो उपस्थिति रहेको नेशनल सेन्टर फर द परफर्मिङ्ग आर्ट्स कार्यक्रममा देखा परेकी अनुको पहिलेको तुलनामा चेहेरा पुरै बद्लिएको देखियो । आफ्नो फिल्मी जीवनमा एकदमै थोरै खेलको चलचित्र मध्ये ‘आशिकी’ उनको सफल चलचित्रमा पर्दछ ।