दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ ले शुक्रवारबाट प्रदर्शन भएको छ । फिल्मले बुधबार राजधानीमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । ‘नोभेम्बर रेन’, ‘क्लासिक’ लगायतका लभस्टोरी फिल्म निर्देशन गरिसकेका राउतको यो फिल्मको कामले पनि तारिफ पाएको छ । यसको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् ।


अन्तरजातिय विवाह गरेर राजधानी छिरेको जोडीको जीवनमा सन्तान नहुँदा आउने उचार चढावको कथा फिल्मले बोल्छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत फिल्मको मुख्य भूमिकामा छन् । विपिन र नम्रता श्रीमान् श्रीमतीको भूमिकामा छन् भने निश्चल नेगेटिभ रोलमा छन् ।

७० बढी सिंगल स्कृन पाएको फिल्मले मल्टिप्लेक्समा पनि उच्च सोज हात पारेको छ । निर्माताले सर्वा्धिक शेयर पाउने देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्स च्यानलमा ‘प्रसाद’ ले राजधानीका ५ हलबाट १५ सोज र उपत्यका बाहिरका ४ हलबाट ७ सोज पाएको छ । फिल्मले क्यूएफएक्समा मात्र कुल २२ सोज आफ्नो पक्ष गरेको छ । बुकिङ खुलेसँगै फिल्मको टिकट तिव्र गतिमा ’सेल्स’ भइरहेको छ । राजधानी तथा उपत्यकाका मल्टिप्लेक्समा पनि फिल्मले राम्रो सोज संख्या हात पारेको छ ।

For More videos Log on to Mazzako TV