गायक धिरज राइसँग डिभोर्स भएपछि अभिनेत्री छुल्ठिम गुरुङ अहिले एक्लै छिन् । उनले, एक्लै आफ्नो करिअरलाई अघि बढाएको केही बर्ष भयो । तर, उनलाई मंसिर लाग्नसाथ बिहेको लागि दबाब आउँछ । बिहे कहिले गर्ने भनेर उनले सामाना गर्नुपर्छ ।

पहिलो बिहे त्यस्तो भए पनि अब त्यस्तो नहुने खालका कुरा उनका आफन्तले गर्छन् । तर, छुल्ठिम गुरुङले भने आफूलाई अहिलेसम्म दोश्रो बिहे गर्ने सोच नआएको बताएकी छिन् । शुक्रबार साप्ताहिकसँग कुरा गर्दै छुल्ठिमले आफूले अर्को बिहे नगर्ने भनेर बसेको बताएकी छिन् । आफन्तबाट जति नै दबाब आएपनि अहिलेसम्म दोश्रो बिहेको सोच नभएको उनको भनाई छ ।

आफूले नै बनाएको डायरी सिनेमा नचलेपनि छुल्ठिमले अहिले काम पाइरहेकी छिन् । धिरज राइसँग डिभोर्स भएपछि उनले अर्को बिहे नगर्ने सोच बनाएकी हुन् ।

For More videos Log on to Mazzako TV