अभिनेत्री ऋचा शर्माले फिल्म प्रसादको प्रिमियरमा उपस्थित हुने एक मात्र अभिनेत्रीको रुपमा आफूलाई उभ्याइन् । अन्य कलाकारलाई पनि बोलाइएतापनि ऋचा मात्र उपस्थित भइन् । ऋचा शर्मा र फिल्मका अभिनेता निश्चल बस्नेतको भेट पनि विशेष देखियो ।

किनकी, कुनै बेला निश्चल र ऋचा नजिक थिए भन्ने चर्चा फिल्म क्षेत्रमा चलेको थियो । ऋचा शर्माले कार्यक्रममा आएर तस्बिर खिचाइन् । तर, उनले फिल्म हेर्ने चेष्टा भने गरिनन् । बरु, ऋचाले प्रसाद फिल्म आफूले शनिबार हेर्ने भन्दै हलबाट बाहिरिएकी थिइन् । ऋचा र नम्रता नेपाली फिल्ममा नजिकका अभिनेत्री मानिन्छन् ।

यसैले पनि नम्रताको मन राख्नका लागि ऋचा कार्यक्रममा पुगेको हुनुपर्छ । तर, ऋचाले पुरा फिल्म नहेरेपछि पत्रकारलाई भने उनी किन आइन् र किन गइन् भन्ने प्रश्नले सतायो ।

For More videos Log on to Mazzako TV