वुधबार बेलुकी प्रसाद फिल्मको प्रिमियर भएपछि अहिले २ वटा कुराको चर्चा छ । एउटा चर्चा त फिल्मको बिषयवस्तुको । फिल्मको बिषयवस्तु, यसको प्रस्तुतिलाई लिएर पत्रकार र कलाकारले तारिफ गरेका छन् । नेपाली फिल्ममा लामो समयपछि उत्कृष्ट कथामा फिल्म हेर्न पाएको प्रतिक्रिया यो फिल्मले पाएको छ ।

अर्को चर्चा फिल्म हेर्न पुगेका पत्रकार र कलाकारमाझ अभिनेत्री नम्रता श्रेष्ठको भयो । जाइरा फिल्मका लागि काटेको नम्रताको कपाल बढिरहेको छ । सोही आकर्षक कपालमा नम्रता माथिको भाग ज्यादा खुलेको क्रिम कलरको गाउनमा कार्यक्रममा पुगेकी थिइन् । यसैले पनि नम्रताको सो तस्बिर र उनको पहिरन हिट भैरहेको छ ।

नम्रताको फेसनलाई लिएर पत्रकार र दर्शकले पनि तारिफ गरेका छन् । नम्रता अहिले यस्ता कार्यक्रममा केही खुल्छिन् । आफ्नै फिल्मको प्रिमियरमा त नखुल्ने कुरै भएन ।

For More videos Log on to Mazzako TV