बिन्दास चन्द्रवती पछि रक्षा, राजु गिरीले हाले दिलमायालाई सौता
चलचित्र निर्देशक राजु गिरी जति चलचित्र बनाउछन् त्यो भन्दा बढी स्क्यान्डल बनाउन माहिर छन् । कहिले हिरोईनलाई नङ्गयाएर, कहिले फोटोसपको सहायताले फोटो रंग्याएर, कहिले नायिकाको चडकन खाएको फिल्मी दृश्यलाई बंग्याएर त कहिले निर्मातालाई दंग्याएर । अहिले गिरी चर्चामा छन् दिलमायालाई सौता ल्याएर । राजुले कसरी र किन यस्तो गरे, अलिकति त्यसको पृष्ठभुमि खोतलौँं ।
भनिन्छ, एक जनाले कुनै राम्रो कुरा ग¥यो भने अरुले पनि त्यही कुराको सिको गरिहाल्छन् । केहि बर्ष अघि समाजमा अपाच्य हुने खाले सम्बाद र दृश्य राखेर सिनेमाहरु बनाउने होड नै चल्यो ।
‘लुट’ र ‘चपली हाइट’ले भित्राएको ट्रेन्डलाई फलो गरेर बनाईएका फिल्महरु धेरैले हावा खाएको पनि सबैले देखेकै हो । अहिले फेरि सिक्वेलको हावा चलेको देखिन्छ । सिक्वेल बनेका केही चलचित्रहरुले सफलता पनि हासिल गरिरहेका छन्, यो कुरालाई भने राम्रै मान्न सक्छौ ।
भर्खरै मात्र प्रदर्शनमा आएको ‘नाइ नभन्नु ल २’ ले ब्यापक सफलता पाएको छ । त्यहि सफलताको देखासेखी गरेर अहिले सिक्वेल बनाउनेको होडबाजी बढेको पनि हुन सक्छ । केहि दिन अघि मात्रै ‘ए मेरो हजुर २’ बन्ने समाचार बाहिरिन नपाउदै ‘बाटो मुनिको फूल’को पनि सिक्वेल बन्ने समाचार आएको छ ।
‘ए मेरो हजुर’ र ‘बाटो मुनिको फूल’ दुबै चलचित्रहरु सफल मानिएका थिए । भलै, ‘बाटो मुनिको फूल’ ब्यबसायिक रुपमा सफल हुन भने सकेन तर चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । ‘ए मेरो हजुर २’ झरना थापाले निर्देशन गर्ने पक्क पक्की भएको छ भने’बाटो मुनिको फूल’लाई नवल नेपालले एक्सन कट गर्दैछन ।
केही मान्छेहरु फिल्मको सिक्वेल बनाउनुलाई आफ्नै फिल्ममाथी सौता हाल्नुको संज्ञा पनि दिने गर्छन । यही क्रममा निर्देशक राजु गिरीले पनि आफ्नै चलचित्र दिलमायालाई सौता हाल्दैछन् ।
तपाइले ‘नाइ न भन्नुल २’ ले सफल्ता पायो भनेर ‘दिलमाया २’ बनाउन लाग्नु भएको हो भन्ने मज्जाको अनलाईनको प्रश्नमा सिक्वेलको ट्रेन्ड आफैले सुरु गरेको उनी दाबी गर्छन । हुन त दावी गर्दैमा प्रमाण जुटाउनु पर्छ भन्ने पनि त छैन ।
सत्य के हो र कसो हो ? त्यो त फिल्ममा चासो राख्ने सबैलाई थाहा भएको नै कुरो हो । उनले पछिल्लो फिल्म ‘बिन्दास’को सफलतामा हौसिएर ‘बिन्दास २’ बनाएका पनि हुन् तर ‘बिन्दास २’ रिलिज भएपछि उनी आफै बिन्दास हुनुको सट्टा तनाबमा आए ।
त्यहि तनाबमा निर्माता मधुसुधनसँंग सम्बन्ध चिसिएको पनि थियो नै । अब निर्माण हुन लागेको ‘दिलमाया २’ बाट भने सफलता पाउनेमा उनी सधँै झै ढुक्क देखिएका छन् । अशोक फुयाल र शुभेक्षा थापा यस फिल्ममा प्रमुख कलाकारका रुपमा देखिनेछन् । शुभेक्षालाई उनले अरुणिमाको ठाउँमा रिप्लेस गराएका छन् ।
जेठी दिलमाया र कान्छी दिलमाया मध्ये दर्शकले कसलाई बढी मन पराउने हुन ? त्यो भने समयले नै बताउला । मज्जाको अनलाईनको तर्फबाट अग्रिम शुभकामना राजुलाई ।
For More videos Log on to Mazzako TV