मङ्सिर २१ गतबाट अल नेपाल प्रदर्शन हुने फिल्म ‘प्रसाद’ को ग्राण्ड प्रिमियर गरिएको छ । बुधवार राजधानीमा नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वसंगै पत्रकारहरुको उपस्थितीमा प्रिमियर सम्पन्न भएको हो । फिल्मकर्मी तथा पत्रकारबाट फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको छ ।

फिल्म हेरेका अधिकांश फिल्मकर्मी तथा पत्रकारहरुले फिल्मले उठान गरेको कथावस्तुको प्रसंशा गरेका थिए । फरक कथाको उठान गर्नु चुनौती भए पनि फिल्म राम्रो बनेको प्रतिक्रिया प्रायको थियो । पत्रकार सुशील पौडेलको कथा रहेको फिल्मलाई दिनेश राउतले निर्देशन तथा सुभास थापाले निर्माण गरेका हुन् ।


प्रिमियरमा उपस्थित भुवन केसी, रेनाशा वान्तवा राई, हेमराज विसी, केशव भट्टराई, दीपेन्द्र के. खनाल, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे दयाहाङ राई, ऋचा शर्मा, नेपाल आइडलका प्रतिस्पर्धी लगायतको उपस्थिती थियो भने फिल्मले उठाएको विषयवस्तुको तारिफ गरे । नम्रता र विपिनको अभिनयले फिल्ममा प्राण भरेको अधिकांशको भनाई थियो ।


फिल्ममा अभिनेता विपिन कार्की, निस्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्म सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत, शिव बिकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द रहेको छ ।

For More videos Log on to Mazzako TV